झापा । झापाको दमक स्थित सुजुकीको आधिकारीक बिक्रेता बि आर एन ब्रर्दशले सिलेरियो एक्स कारको लन्च गरेको छ । बि आर एन ब्रर्दशले शुक्रबार एक कार्यक्रमको आयोजना गरि कारको लन्च गरेको हो ।
अत्यन्तै आकर्षक डिजाईन र बहुपयोगि बिशेषता रहेको सिलेरियो एक्स नेपाली बजारको चाहना अनुरुपको रहेको बि आर एन ब्रर्दशका प्रोपाइटर बलराम पराजुली जानकारी दिए । कारको अन्य बिशेषताका बारेमा डिर्लसका सेल्समेन नवराज भण्डारीले बताएका थिए ।
सिलेरियो एक्स कारको लन्च भिडियाे
एरोडाईनामिक शैली अनि अग्रभागको वरीपरि एक्स थिममा आधारीत ग्राफिक्स, गाडीको दाया बाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी लाई अत्यन्तै प्रभावशाली बनाएको भण्डारीले जानकारी दिए ।
सिलेरियो एक्समा नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध रहेको कार्यक्रममा जानकारी दिइएको थियो । अडियो माउन्डेढ कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राईभरको सिटको उचाई घटबढ गर्न सकिने साथमा २३.१ किलोमिटरको माईलेज दिने बिशेषता रहेको यस कारको बजार मुल्य २६ लाख ९९ हजार रुपैया रहेको छ ।
२०७४,चैत्र ९