काठमाडौं – फागुनको तेश्रो सातादेखि छायाँकन शुरु गर्ने जाइरा आशुतोष राज श्रेष्ठले निर्देशन गर्न लागेका हुन्। एक्सन जनरामा निर्माण हुने जाइरामा नम्रता श्रेष्ठ अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, संगीता नापित र सम्राट मगरको मुख्य भूमिका रहनेछ।
चलचित्र अभिनयका लागि अभिनेत्री श्रेष्ठले फाइटको प्रशिक्षण लिइरहेकी छन्। बाबु सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी रहने जाइरामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ।
२०७४ माघ, २५