सनसाइन कपको उपाधी भण्डारीलाई

उत्तम रिजाल,
२९ जेठ,दमक /
मोरङ्गको उर्लाबारी – ६ मंगलबारेमा सम्पन्न दोस्रो सनसाइन कप अन्तर विद्यालय बुद्धिचालको उपाधी आयोजक सनसाइन बोर्डिङ्ग स्कुलका सक्षम भण्डारीले जितेका छन् ।

Champion 073

 

शनिबार सातौ तथा अन्तिम राउण्डमा झापा दमकको एभरेष्ट बोर्डिङ्गकी कृपा अधिकारीलाई चित ख्वाएसँगै उनले उपाधी हात पारेका हुन् । भण्डारीलाई कडा चुनौति दिएपनि क्विन पिनमा परेको नदेख्दा उनी पराजित भएकी थिइन् । पहिलो बोर्डमा ह्वाइटबाट खेलेका भण्डारीले अपराजित रहदै प्रतियोगितामा ६.५ अंक जोडे । पराजित अधिकारीको भने ५ अंक थियो ।

winner sunshine cup 073

त्यस्तै प्रतियोगिताको दोस्रो भएकी आयोजककै खुसी मुखियाले दोस्रो बोर्डमा खेलेका आयोजककै आदेश दाहाललाई चित ख्वाएकी थिइन् । दाहालले बराबरी गर्न गरेको अफर अस्वीकार गरेकी उनले अन्ततः दाहाललाई घुँडा टेकाउँदै दोस्रो स्थान हासिल गरेकी हुन् । पराजित भएपनि दाहाल तेस्रो भए । मुखियाको ६ र दाहालको ५.५ अंक थियो ।

Girls winnerप्रतियोगितामा आयोजक सनसाइनका सैलेस दुलाल चौथो,झापा मोडल दमकका संदेश खड्का पाँचौ र समान ५.५ अंक नै भएपनि प्रोग्रेसिव प्वाइनटका कारण आयोजकका श्रृजन खड्का छैटौ भए । समान पाँच अंक जोडेका सुनगाभा उर्लाबारी मोरङ्गका दिपेन्द्र खनाल ,आयोजकका आषिस पाण्डे,एभरेष्ट दमकका प्रशान्त शाहा र आयोजकका सौरभ दुलाल क्रमशः सातौ देखि दश औ भए ।

Girls winner . Kripa

गल्सतर्फको उपाधी भने झापा दमकको एभरेष्ट बोर्डिङ्गकी कृपा अधिकारीले जितिन् । उनले प्रतियोगितामा पाँच खेल जितेकी थिइन् । गल्सतर्फ आयोजककी आष्मा थापा दोस्रो हुँदा एभरेष्टकै खुस्बु थापा तेस्रो भइन् । खुस्बुले झापा मोडल दमकका प्रज्वल खतिवडासँग सातौ राउण्डमा बराबरी खेलेकी थिइन् । झापा मोडलकी स्मिता सुब्बा चौथो,झापा मोडलकै रिया कार्की पाँचौ,एभरेष्टकी अस्मिता दाहाल छैटौ र झापा मोडलकी निष्मा संकर सातौ भइन् ।

Winner 1st to 3rdप्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथी समाजसेवी प्रेम प्रकाश कोइराला,समापन कार्यक्रमका सभापति तथा विद्यालयका निर्देशक सुरेन्द्र सुबेदी, झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय सुब्बा,सुनगाभा उमाविका विजय श्रेष्ठ,हिमचुलीका भवानी आचार्य,झापा मोडलका जय बहादुर श्रेष्ठ,राष्ट्रिय फुट्बल खेलाडी संजिब बुढाथोकी लगायतले नगद तथा ट्रफी प्रदान गरिएको थियो ।    sunshine's winnerकार्यक्रममा चिफ आरविटर तथा नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) र आरविटर तथा संचारकर्मी उत्तम रिजाल र मोरङ्गकी पहिलो महिला रेटेड खुसी मुखियालाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा झापा र मोरङ्गका ८ विद्यालयका ६२ विद्यार्थीको सहभागिता रहेको थियो ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com