मोरङ्गको विराटनगरमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने

उत्तम रिजाल,

२५ जेठ,विराटनगर/ मोरङ्गको विराटनगरमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि २७ गतेबाट शुरुहुने मोरङ्ग जिल्ला बुद्धिचाल संघका अध्यक्ष विजय कुमार थापाले जानकारी दिनुभएको छ ।

checkmat

२९ गते सम्म संचालन हुने सो प्रतियोगितामा प्रत्येक विद्यालयका चार छात्र र चार छात्रा गरी जिल्लाका ८० जनाको सहभागिता हुने अध्यक्ष थापाले जानकारी दिनु भयो । प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट चार छात्र र चार छात्रालाई जिल्ला बुद्धिचाल संघले दोस्रो चरणमा आयोजना गर्ने FIDE ROUND ROBIN CHESS TOURNAMENT मा सोझै सहभागी गराउने छ । आगामी असार महिना भित्रै छनौटमा परेका खेलाडी लगायत स्थानिय खेलाडीहरुलाई समावेश गराई FIDE ROUND ROBIN CHESS TOURNAMENT गराउने पनि थापाले वताउनु भयो । आगामी दिनहरुमा विद्यार्थी लगायत स्थानिय खेलाडीहरुलाई यसै प्रकृया द्वारा प्रतियोगितामा सहभागी गराई जिल्लामा उत्कृष्ट FIDE RATED PLAYER   उत्पादन गरी SECONDARY SCHOOL LEVEL DISTRICT FIDE RATING CHESS TOURNAMENT तथा DISTRICT LEVEL OPEN FIDE RATING CHESS TOURNAMENT को आयोजना गर्ने पनि वहाले वताउनु भयो ।chess pic

मोरङ जिल्लाका खेलाडीहरुलाई अझै सशक्त वनाउनका लागि प्रशिक्षण कार्यक्रमहरु समेत ल्याउने वहाले वताउनु भयो । प्रतियोगिता मोरङ जिल्ला खेलकुद विकास समिति, विराटनगरको कभर्ड हलमा हुनेछ ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com