आयोजक झापा गाउँपालिका तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा

शरणामती। झापा गाउँपालिका तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । उसले आइतबार सम्पन्न खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । झापाले रामप्रसादलाई २५-२२, २५-२१ र ३३-३१ को सोझो सेटमा पाखा लगाएको थियोे । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका रोहित शिवाकोटी म्यान अफ द म्याच घोषित भए। जितसँगै झापाले हतुवागडीसँगको भेट पक्का गरेको छ। हतुवागडीले त्रियुगा नगर पालिकालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।यी दुई टिमबीचको खेल सोमबार दिउँसो ३ बजे हुनेछ । २२ गतेसम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com