दमक। झापाको दमक-५ मा रहेको सियोन चर्चमा बम राखेको आशंका गरिएको छ । चर्चको गेटछेउमा कालो झोला भित्र तारसहितको कुकर देखेपछि चर्चमा आएका एक व्यक्तिले बम भएको आशंकामा प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार सो स्थानमा हिमाल सुरक्षा परिषदको नाममा पर्चा भेटिएको छ । पर्चामा धर्म निरपेक्षता खारेज गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, एमसिसी सम्झौता खारेज गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।
पर्चामा कोशी अञ्चल कमिटी इन्चार्ज अनिशा उल्लेख गरिएको छ । बम राखेको हल्ला चलेको करिब ५ घन्टापछि सेनाको बम डिस्पोजल टोलीले सो डिस्पोज गरेको थियो ।