दमक। झापाको दमक-३ मा रहेको मनकामना बोर्डिङ्ग स्कूलमा दन्त शिविर सम्पन्न भएको छ।
ऊँ शान्ति डेण्टल हस्पिटलको सहयोगमा भएको शिविरमा एक सय ५० जनाले सेवा लिएको डेण्टलका व्यबस्थापक कमल गैरेले जानकारी दिए।
सो क्रममा १५ जनाको दाँत फुकालिएको पनि गैरेले जानकारी दिए। शिविरमा डाक्टर आज्ञा तिम्सिना र डाक्टर संगिता राईले दन्त परीक्षण गरेका थिए।