रोटरीको रक्तदानमा नगर प्रमुखसहित ४० जनाले गरे रक्तदान

 

dmk hospital3

राम निरौला,सुरुङ्गा।  कोरोना कहरका विचमा पनि रगतको अभाव नहोस् भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लव अफ सुरूङ्गा एवम् रोट्रयाक्ट क्लव अफ सुरूङ्गाको संयुक्त आयोजनामा होटल डिलाइट परिसरमा सम्पन्न रक्तदानमा ३ महिलासहित ४० जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक रोटरी क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले जानकारी दिएका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त क्लवको वार्षिक कार्यक्रम अनुसार नै संचालन गरिएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी विर्तामोडको रक्तसंचार सेवाले प्राविधिक सहयोग गरेको बताइएको छ ।

रोटरी क्लव अफ सुरूङ्गाका अध्यक्ष सुशीलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४७ औं पटक रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मानवीय सेवाका क्षेत्रमा अग्रस्थानमा रहेको रोटरी क्लव अफ सुरुङ्गा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने सामाजिक संस्थाहरु मध्ये कनकाई नगरको पहिलो संस्था रहेको बताएका छन् ।

रगत दान भनेको जीवन दान हो भन्ने कुरालाई जोड दिँदै नगर प्रमुख पोखरेलले आँफूले दिएको रगतबाट असहाय- असक्त अथवा एउटा बिपन्न परिवारको सदस्यले राहत पाउँने कुरामा आँफू विश्वस्त रहेको बताएका छन् ।

नगर प्रमुख पोखरेलले रक्तदानकै दिन आफ्नी माताको समेत जन्म दिन परेको कुरा व्यक्त गर्दै यो शुभअवसरमा रोटरीले आयोजना गरेको कार्यक्रमलाई आँफूले एउटा महत्वपूर्ण अवसरका रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, पूर्वअध्यक्ष कुमारमणि पोखरेल, निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओली सहित अन्य पदाधिकारी साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको रक्तदानमा कार्यक्रम संयोजक क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले सहभागीहरुलाई स्वागत गरेका थिए ।

प्रेसिडेन्ट नोमिनी मोतिखर ओझाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा क्लवकी सदस्य सुस्मा उप्रेतीले टोस्ट प्रकट गरेकी थिइन् । औपचारिक कार्यक्रमको संचालन रोटरी क्लव अफ सुरुङ्गाकी सचिव सरला दहाल पोखरेल र रोट्रयाक्ट सचिव सारिका गिरीले संयुक्त रुपमा गरेका थिए ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com