झापामा श्रावण मसान्त सम्मका लागि थपियो निषेधाज्ञा, पालना भने छैन

dmk hospital3

दमक।  कोरोना संक्रमण दर बढेसँगै झापामा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको छ । आज जारी निषेधाज्ञा आदेशमा श्रावण मसान्त अर्थात श्रावण ३२ गते मध्यराती १२ बजेसम्मका लागि थप गरिएको छ ।

अत्यावश्यकीय कामबाहेक बाहिर निक्लन निषेध गरिएपनि त्यो पालना भएको छैन् । तरपनि प्रहरी प्रशासनबाट त्यसको खासै मतलव राखिएको छैन् । जिल्लाका प्राय सबै जसो स्थानमा मानिसहरु खुलेआम हिडडुल गरिरहेका छन् भने कतिपय स्थानमा चिया पसल तथा तरकारी फलफूल पसल विहानदेखि बेलुकै सम्म संचालन हुँदै आएका छन् ।

त्यस्तै साना छाप्रे होटलहरु विहानदेखि नै संचालनमा भएपनि प्रहरीले मतलव राखेको देखिदैन् । यसतर्फ सम्बन्धित निकायले वेवास्था गर्दा कोरोना संक्रमण बढ्न नदिन भन्दै जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको निषेधाज्ञाको प्रभाव शुन्य प्राय नै छ । विशेष गरी झापाको दमक, गौरादह, केर्खा, झिलझिले, गौरीगञ्जमा निषेधाज्ञाको पालना भएको छैन् ।

यस्तो छ निषेधाज्ञाको पूर्णपाठ

No photo description available.

No photo description available.

No photo description available.

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com