झापा। झापाको दुधेमा तेश्रो शिवसताक्षी मेयर कप शुरु भएको छ । राष्ट्रिय प्रतियोगिताको झलक दिनेगरी सो प्रतियोगिताको दुधे रंगशालामा भब्यरुपमा उद्घाटन गरिएको हो । प्रतियोगिताको प्रतिनिधिसभाका सांसद एलपी साँवाले उद्घाटन गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका साँवाले रंगशालाको प्याराफिट निर्माण हुने भन्दै ढुक्क रहन सबैमा अनुरोध समेत गर्नु भयो । मेयर कप नाम दिइएपनि प्रतियोगितामा ९ खेलका १९ विधामा प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिनुभयो ।
प्रतियोगिता उद्घाटनमा ११ वटै वडाका विभिन्न खेलका खेलाडीहरुले मार्च पास समेत गरेका थिए । उद्घाटन समारोहमा नगर प्रमुख चन्द्रकुमार शेर्मा, झापा जिल्ला फुट्बल संघका अध्यक्ष भगिरथ आले लगायतको उपस्थिति रहेको थियो ।