झापाको दमकमा कागजबाट पेन्सिल बनाउन सुरु

उत्तम रिजाल,झापा  झापाको दमकमा कागजबाट पेन्सिल बनाउन सुरु गरिएको छ । झापाको दमकका निर्मल दाहालले बिदेशमा देखेका कुरालाइ स्वदेशमा आएर प्रयोग गर्न सुरु गरेका हुन् ।

उनले पढीसकेका पत्रपत्रिका तथा फालिएका कागजबाट पेन्सिल उत्पादन गदै आएका छन् । नेपालमै पहिलो पटक यस प्रविधिबाट पेन्सिल उत्पादन हुदै आएको दाहालले दाबी समेत गरेका छन् । ३ वर्ष सम्म कुबेतमा काम गरेर फर्केका उनले काम गर्ने क्रममा त्यहाँ प्रयोग हुने अधिकांश पेन्सिलहरु कागजबाट बनेको देख्दा उनमा यो प्रविधिबाट आफ्नै देशमा पेन्सिल उत्पादन गर्ने सोच पालाएको उनले बताए ।

अहिले चलन चल्तिमा रहेका काठको पेन्सिलले वातावारणमा समेत असर गर्ने हुनाले कागजको पेन्सिल वाताबरण मैत्री भएको समेत उनले बताए । दाहालले ६ महिना अघि देखी ३० लाखको लगानीमा सगरमाथा नामको पेन्सिल उत्पादन गर्दै आएका छन् ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com