आस्था कलेजमा दन्त परीक्षण तथा रक्तदान

उत्तम रिजाल,दमक   झापा दमकको आस्था कलेज तथा एकता एकाडेमीमा बुधबार विद्यार्थीहरुको निशुल्क दन्त परीक्षण गरिएको छ । कलेजको आयोजना तथा दमककै ऊँ शान्ति डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा संचालन गरिएको सो दन्त शिविरमा २ सय ८ छात्रा र एक सय ७० छात्र गरी ३ सय ७८ जना विद्यार्थीहरुको निशुल्क दन्त परीक्षण गरिएको थियो ।

दन्त परीक्षणमा ऊँ शान्ति डेन्टल हस्पिटलका डा. कमला पौडेल, डा. इमान खान, डा.कृतिका श्रेष्ठ र डिएच सरिता न्यौपानेले विद्यार्थीहरुलाइ दाँतको अबस्थाको बारेमा पनि जानकारी गराएका थिए ।

d4

सो परीक्षणमा एक सय १६ विद्यार्थीको दाँत फुकालिएको थियो । दन्त परीक्षण कलेजले प्रत्येक बर्ष गर्दै आएको र यो नियमित परीक्षण भएको कलेजका प्रमूख टेकनाथ भण्डारीले जानकारी दिनुभयो ।

d5

बुधबार नै कलेजले नेपाल रेडक्रस दमक उप–साखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको कलेज प्रमूख भण्डारीले जानकारी दिनु भयो । सो क्रममा ४० छात्र र १८ छात्राले रक्तदान गरेको रक्त संचार प्रमूख सिद्धार्थ दाहालले जानकारी दिनुभयो ।

kamala P

२०७५, मंसिर ५

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com