नाई नभन्नु ल ५ भदौ ८ बाट मुलुकभरका एक सय ३० बढी हलहरुमा एक साथ प्रर्दशन हुने

उत्तम रिजाल,झापा/ बहु प्रतिष्ठित चलचित्र नाई  नभन्नु ल ५ भदौ ८ बाट मुलुकभरका एक सय ३० बढी हलहरुमा एक साथ प्रर्दशनमा आउने भएको छ ।

nai na 5

झापाको दमकमा बुधबार प्रत्रकार सम्मेलन गरी फिल्मका बितरक माता पाथीभरा फिल्मस् प्रा ली का चैतन्य बरालले सो जानकारी दिनु भएको हो । मुलुक भरिका १३० बढी हलहरुमा एक साथ प्रर्दशनमा आउने चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, केकी अधीकारी,प्रियंका कार्की, अनुभव रेग्मी , स्वस्तिमा खड्काको अभिनय रहेको छ । यसै चलचित्र बाट अभिषेक नेपाल र सेड्रिना शर्माले डेभ्यु गरेका छन् ।


पत्रकार सम्मेलनमा अडियो मार्फत सम्बोधन गर्दै चलचित्रका निर्देशक विकासराज आचार्यले पुर्वका झापा र इलामको दृष्य लाई कैद गरीएको यस चलचित्र मार्फत पुर्वको पर्यटनलाई क्षेत्रलाई अन्तराष्ट्रिय स्तर सामु पुर्याउने आशा राख्नु भयो । निर्देशक आचार्यले उत्कृष्ट चलचित्र देश लाई दिने प्रयास गरेको बताउनु भयो ।

बसन्त सापकोटाले संगित भरेको चलचित्रका दृष्यहरु पुरुषोतम प्रधानले कैद गरेका हुन भने चलचित्र लाई हरिबोल भण्डारी र गौरीराज जोशी ले निर्माणगरेका हुन् ।

२०७५, भदौ ६

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com